रवि लामिछानेको बयान आज सकिएन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज नसकिएपछि उनलाई हिरासतमा फिर्ता पठाइएको छ । भद्रकाली स्थित जिल्ला सरकारी वकिल कार्यालयमा उनिसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् ।
बयान नसकिएपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा पठाइएको हो ।