नलगाड नगरपालिकाको उपप्रमुख पदमा मतदान जारी
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा मतदान जारी छ । उपनिर्वाचनमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ ।