नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनी विरुद्ध राहदानीमा केरमेट र जालझेल गरेको आरोप पनि लगाएको छ ।
२०८० साल साउन १४ गते नै अनिवार्य अवकाशमा जानुपर्नेमा उनले नागरिकता केरमेट गरेर जागिर खाइ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी उक्त पदबाट स्वतः निलम्बन भएका छन् ।