कतार एयरवेजको जहाज भैरहवा अवतरण
कतार एयरवेजको जहाज मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
उनका अनुसार जहाजमा ३३ यात्रु रहेका छन् भने त्यसमा एक जना भैरहवा झरेका छन् । बाँकी ३२ जनालाई काठमाडौँ ल्याइने छ । कतार एयरलाइन्सले अब नियमित भैरहवा उडान गर्ने बताइएको छ ।