नेकपा एसले गर्यो गौरीशंकर उपाध्यक्षमा उम्मेदवारको घोषणा
नेकपा एकीकृत समाजवादी दोलखाले गौरीशंकर गाउपालिकामा मङ्सिर १७ गते हुनलागेको उपाध्यक्ष निर्वाचनको लागि उम्मेदवार घोषणा गरेको छ।
गौरीशंकर गाउपालिकाका महिला, दलित, उत्पीडित, जनजाति, किसान, मजदुर लगायत हरेक तह र तप्काको जनताको अधिकारको ग्यारेन्टी गर्दै स्थानीय स्थरमा नै रोजगारी सिर्जना गर्ने उपाध्यक्षकि उमेदवार रविना खड्काले बताउनु भएको छ।
नेपाली काङ्ग्रेस गौरीशंकर गाउँपालिका सभापति समेत रहेका श्यामसुन्दर तामाङको २०८० साल असार ३१ गते हृदयघातको कारण निदन भए पछि आगामी मङ्सिर १७ मा उपचुनाव हुन लागेको हो।नेकपा एकीकृत समाजवादी गौरीशंकर क्षेत्रको विकास आधार तयार गर्न सक्ने, जनताको हरेक खाले समस्या सग जुध्न सक्ने, पालिकामा हुने भ्रष्टाचार अन्त्य गर्न सक्ने र आत्मनिर्भर गौरीशंकर गाउँ बनाउन योजना बनाएर लाग्ने र नेपालमा समाजवाद ल्याउन सक्ने पार्टी नेकापा एकीकृत समाजवादी पार्टी मात्रै भएका कारण पनि आफुहरुको जीत निश्चित भएको नेकपा एसका नेता बलराम उप्रेती ले बताउनु भयो। पार्टीको केन्द्रिय कार्यलयमा भएको घोषणा सभामा दोलखाका नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।