लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा एकजना पक्राउ
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएका हरि प्रसाद फुयाँल छन् ।
उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए ।
उनलाई नेपाल–भारत सिमानास्थित पानी ट्याङ्कीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । फुयाँलले दुर्गा प्रसाईँ नेतृत्वको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।