उत्तरी गाजाको स्कुल बिल्डिङमा इजरायली आक्रमणमा परी २२ जनाको मृत्यु
हमासका प्रमुख याह्या सिनवार मारिएपनि इजरायलले गाजा र लेबनान क्षेत्रमा भइरहेको आक्रमणलाई स्थगित गरेको छैन ।
पछिल्लो पटक उत्तरी गाजाको एक स्कुल विल्डिङमा भएको इजरायली हवाइ आक्रमणमा परी २२ जनाको ज्यान गएको छ । अन्य दर्जनौँ सर्वसाधारण घाइते भएका छन् । उता लेबनानमा पनि इजरायल र हेजबोल्लाहले क्रस बोर्डर आक्रमणलाई निरन्तरता दिएका छन् ।