रवि लामिछानेको बयान अन्तिम चरणमा
सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापति समेत रहेका लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान लिन थालिएको छ ।
मंगलबार बयान पुरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले बताइन् ।
कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए । लामिछानेको बयान नसकिएको र बुधवार पनि निरन्तर बयान लिन थालिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।
लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सुर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् ।
अहिलेसम्मको बयानमा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सुर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।