पटका पट्काउने क्रममा एक बालकको मृत्यु
दैलेख जिल्ला आठबिस नगरपालिका ३ साई गाउँ निवासी श्री भिम कठायत ज्युको एक्लो छोरा वर्ष १३ को भुपेन्द्र कठायत दिपावलीको पटका पट्काउने क्रममा रकेट बम नामको पटकाको छर्रा दायाँ छातीमा लाग्दा भित्र मुटु ड्यामेज भएको हुँदा असामयिक निधन भएको छ ।
यो एकचोटिको रमझमले गर्दा बाबू नानिहरुको जिन्दगी नै समाप्त हुन सक्छ । त्यसैले आ-आफ्नो साना नानी बाबुहरुलाई एकचोटि रमाइलोको लागि यी पटका जन्य चिजहरुबाट सचेत हुन अनुरोध गर्दछौँ ।