भारतको छत्तीसगढमा चट्याङ लागेर सात जनाको मृत्यु
भारतको छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले बालोदबजार जिल्लाको मोहत्रा गाउँमा चट्याङ लागेर ७ गाउँलेको मृत्यु भएको र कैयौँ घाइते भएको दुःखद जानकारी प्राप्त भएको बताएका छन् । जिल्ला प्रशासनले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएको उनले लेखेका छन् ।
मुख्यमन्त्री साईले प्रशासनलाई राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिइएको छ ।