एनटीसीको सिम कार्ड आज राति ११ बजेदेखि रिचार्ज नहुने
काठमाडौं । नेपाल टेलिकमको सिम कार्ड मंगलबार रिचार्ज नहुने भएको छ।
विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले मंगलबार राति ११ बजेदेखि बुधबार बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुने नेपाल टेलिकमले जनाएको हो।
मंगलबार राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। तर मोबाइल भ्वाइस, डाटा र एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमले बताएको हो ।