चीनमा डिजिटल सवारी साधन दर्ता गर्ने नीतिको शुरूवात, २१ करोड ५० लाख बढी डिजिटलाइज्ड इजाजतपत्र जारी
एजेन्सी । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी साधन दर्ता लाइसेन्स नीतिलाई ट्राफिक व्यवस्थापन सेवामार्फत परिष्कृत गर्न डिजिटाइज्ड सवारीसाधन दर्ता गर्ने नीतिको शुरु गरेको छ ।
चिनियाँ कानूनले सवारी चलाउँदा चालकले सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र दुवै बोक्नुपर्ने भएको हो । मन्त्रालयले सोमबार बेइजिङ र तियानजिन लगायतका ६० सहरमा २१ करोड ५० लाख भन्दा बढी डिजिटलाइज्ड इजाजतपत्र जारी गरेको छ ।
मन्त्रालयले यसको ट्राफिक व्यवस्थापन १२१२३ प्लेटफर्ममा अटो रिप्लेसमेन्ट सब्सिडी कार्यक्रम प्रवद्धन गर्न अनलाइन ट्राफिक सेवाहरूमा पनि सुधार समेत गरेको हो । यसबाट ६३ हजार भन्दा बढी चालक लाभान्वित भएका छन् ।
सुधारिएको अनलाइन ट्राफिक सेवाले ४० लाख भन्दा बढी व्यक्ति, उद्यमलाई शुद्धता र सुविधा प्रदान गरेको मन्त्रालयले जनाएको हो ।