भारतको केन्द्रीय राजधानी दिल्लीका ७ वटै क्षेत्रमा सत्तारूढ दल भाजपाको अग्रता
एजेन्सी । भारतमा लोकसभा चुनाव २०२४ को मतगणनाको शुरुवाती रुझानमा केन्द्रीय राजधानी समेत रहेको दिल्लीका ७ वटै निर्वाचन क्षेत्रमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ ।
निर्वाचन आयोगका अनुसार चाँदनी चौकबाट भाजपाका प्रवीण खन्डेलवालले कांग्रेसका जयप्रकाश अग्रवाललाई पछि पारेका हुन् । उनले ३ हजार ८ सय ९५ मतले अग्रस्थानमा रहेका छन् । पूर्वीदिल्लीमा भाजपाका हरिश मल्होत्रा १२ हजार २ सय ६३ मतले अगाडि रहेका हुन् । उनलाई आम आदमी पार्टीका उम्मेदवार कुलदीप कुमारले पच्छ्याइरहेका छन् ।
नयाँ दिल्लीमा भाजपाका बांसुरी स्वराजले आम आदमी पार्टीका सोमनाथ भारतीलाई १८ हजार ४ सय ८० मतले पछि पारेका हुन् । उत्तरपूर्वी दिल्लीमा भाजपाका मनोज तिवारी कांग्रेसका उम्मेदवार कन्हैया कुमार भन्दा अगाडि रहेका हुन् । पछिल्लो मतपरिणाम अनुसार उनीहरूकाबीचमा ४१ हजार ५ सय ७९ को मतान्तर रहेको बीबीसीले जनाएको छ ।
उत्तर पश्चिमी दिल्लीमा भाजपाका योगेन्द्र चन्दोलिया ६५ हजार ३ सय ४४ मतले लिड गरिरहेका हुन् । सोही क्षेत्रमा कांग्रेसका तर्फबाट उदित राज उम्मेदवार रहेका छन् । दक्षिणी दिल्लीमा भाजपाकै रामवीर सिंह बिधुडी र आम आदमी पार्टीका शाही राम चुनाव लडेका हुन् । रामवीर सिंह बिधुडी २० हजार २ सय ६ मतले अगाडि रहेका छन् ।
पश्चिम दिल्ली निर्वाचन क्षेत्रमा भाजपाका कमलजीत सेहरावतले आम आदमी पार्टीका महाबल मिश्रालाई ३८ हजार ३ सय ९७ मतले पछि पारेका हुन् ।
भारतको लोकसभा चुनावको मतगणनाको काम मंगलबारदेखि शुरू हुने भएको छ ।मतगणना स्थानीय समय अनुसार मंगलबार बिहान ८ बजेदेखि शुरु हुने भएको हो । ४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको थियो ।
गत १९ अप्रिलबाट शुरु भएको मतदान ७ चरणमा गरी यहि जुन १ तारिखमा सम्पन्न भएको हो ।