मधेश प्रदेश सरकारबाट एकीकृत समाजवादी बाहिरियो
काठमाडौं । मधेश प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिएको छ ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । एकीकृत समाजवादीका २ जना मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।
एकीकृत समाजवादीको तर्फबाट गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मधेश सरकारकामा सहभागी भएका थिए ।