शेयर कारोबार आज ६ दशमलव २२ अंकले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार भएको शेयर कारोबारमा ६ दशमलव २२ अंकले वृद्धि भएको छ ।
मंगलबार नेप्सेमा ४ अर्ब ८ करोड ४७ लाख बराबरको कारोबार भएर नेप्से परिसूचक शून्य दशमलव २९ प्रतिशतले वृद्धि भएर २ हजार ७९ दशमलव ०७ को बिन्दुमा पुगेको हो । नेप्सेमा मंगलबार ८३ लाख ५ हजार ७ सय ८६ वटा शेयर कारोबार हुँदा १ सय २५ वटा कम्पनीको मूल्य वृद्धि भएको छ।
१ सय १४ वटा कम्पनीको मूल्यमा गिरावट आएको हो । त्यस्तै, ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । मंगलबार भएको शेयर कारोबारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबै भन्दा धेरै कमाउन सफल भएका हुन् ।
सोमबार भने नेप्से ३ दशमलव ९७ अंकले घटेको नेप्सेले जनाएको छ ।