संयुक्त राष्ट्रसंघीय कमिटीको सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित
एजेन्सी । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्र संघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित भएकी छन् ।
शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा १ सय ४६ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्ने भएकी छन् ।
नेपालको तर्फबाट निर्वाचित भएपछि राष्ट्र संघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।
२३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या र राष्ट्र संघमा जनाइएका प्रतिबद्धता कार्यान्वयन लगायत महिलाविरुद्ध हुने प्रत्येक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गरेको हो ।
सोही समितिको कार्यालय जेनेभामा रहेको छ ।