फिल्म निर्देशक सुदर्शन थापा जमानतमा रिहा
काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा बुधबार रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले बुधबार जिम्मा जमानतमा रिहा गर्न आदेशदिएसँगै थापा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो । ठगी तथा विश्वास घातसम्बन्धी मुद्दामा थाप सोमबार पक्राउ परेका थिए ।
चलचित्र ‘प्रसाद–२’ का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध गत भदौमा प्रहरी बृत्त बौद्धमा विश्वास घातसम्बन्धी कसुरमा उजुरी दिएका थिए ।
निर्माता बस्नेतका अनुसार निर्देशक थापाले आफ्नो अनुमतिबिना विभिन्न देशमा ‘प्रसाद २’ प्रदर्शन गरेका हुन् । थापा पक्राउ पर्नुअघिसम्म ‘रावायण’ को दोस्रो चरणको सुटिङ काठमाडौंमा जारी रहेको थियो ।
फिल्म निर्देशक थापालाई प्रहरीले छायांकन स्थलबाटै पक्राउ गरेको थियो ।