भारतमा एक खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु, ६ घाइते
एजेन्सी । भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ ।
सोही आगलागीमा परी ६ जना घाइते भएका हुन् । आगलागी हुँदा ९ जना कारखानाभित्र रहेको दिल्ली प्रहरीले बताएको छ । उनीहरूको उद्धारपछि तत्कालै नरेलाको एसएचआरसी अस्पतालमा लगिएकोमा घाइते मध्ये ३ जनालाई अस्पतालले मृत घोषित गरेको प्रहरीले बताएको हो ।
प्रहरीका अनुसार ग्याँस बर्नरमा कच्चा मुग भर्ने क्रममा ग्याँसको एउटा पाइपलाइनमा ग्याँस चुहावट भएर प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आगो फैलिदा कम्प्रेसर अत्यधिक तताएको परिणाम स्वरूप विस्फोट भएको हो ।