भारतमा नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँग को-को जाँदैछन् त ?
काठमाडौं । भारतमा नरेन्द्र मोदीको तेस्रो कार्यकालको प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत जाने टोलीको तय भएको छ ।
मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण आइतबार हुने भएको हो । शुक्रबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री दाहालकी पुत्री एवं स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल विष्णु गौतम रहेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहालसहितको टोली आइतबार भारत जाने कार्यक्रम तय भएको हो ।