हमासको नियन्त्रणमा रहेका ४ जना बन्धकको जीवितै उद्धार
एजेन्सी । इजरायलले हमासको नियन्त्रणमा रहेका ४ जना बन्धकलाई आफ्नो सेनाले जीवितै उद्धार गरेको जनाएको छ।
संयुक्त राष्ट्र संघद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमण पछि इजरायललाई कालो सूचीमा राखिएको समयकोबीचमा इजरायलले सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेको हो।
इजरायली सेनाले भने उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ जना मारिएको बताएको छ। त्यसैको सिलसिलामा इजरायली सेनाले हमास नियन्त्रणमा रहेका बन्धकहरुलाई मुक्त गरेको बताएको हो।
गत अक्टोबर ७ तारिखमा भएको आक्रमणका क्रममा प्यालेस्टाइनी इस्लामिक लडाकू समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ४ जनालाई अपहरण गरेको सेनाले बताएको छ। गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिबार भएको भीषण आक्रमणमा परी करिब १५ जनाको मृत्यु भएको जनाएको हो।
प्यालेस्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकायले इजरायलले ६ हजार विस्थापितलाई आश्रय दिइरहेको सोही विद्यालयमा आक्रमण गरेको भन्दै निन्दा गरेको छ।