पूर्वीअफ्रिकामा भारी वर्षा र बाढीका कारण ४७३ जनाको मृत्यु,१६ लाख मानिस प्रभावित
एजेन्सी । पूर्वीअफ्रिकामा भारी वर्षा र बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको बुधबार राति संयुक्त राष्ट्र संघको राहत एजेन्सीले जनाएको छ ।
राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले यहि मे १७ तारिखसम्म बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा, तान्जानियामा ४ सय ७३ जना मृत्यु भएको र करिब ४ लाख १० हजार ३ सय ५० जना मानिस विस्थापित भएको बताएको हो ।
सोही क्षेत्रभरका मानवीय एजेन्सीहरूले खोज, उद्धार कार्यमा सरकारहरूलाई सहयोग गर्न जारी राख्ने, आवश्यकता मूल्यांकनहरू सञ्चालन गर्ने, उपलब्ध स्टकहरू पूर्व–स्थितिमा राख्ने र तत्काल सहायता उपलब्ध गराउने ओसिएचएले बताएको छ ।
भारी वर्षा र बाढी फैलिएपछि प्रतिक्रिया मापन गर्न थप कोष आवश्यक भएको केन्याको राजधानी नैरोबीमा जारी गरिएको बाढीको अपडेटमा भनिएको हो ।