पश्चिमबाट आउने कुनै पनि धम्कीलाई सहन नसक्ने रूसी राष्ट्रपति पुटिनको चेतावनी
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमबाट आउने कुनै पनि धम्कीलाई सहन नसक्ने चेतावनी दिनुभएको छ ।
बिहीबार औपचारिक पोशाकमा सजिएका हजारौं सैनिकसामु रेड स्क्वायरको सम्बोधन गर्दै उहाँले युक्रेनमा लडिरहेका आफ्नो सेनाको प्रशंसा गर्नुभएको हो । ‘पश्चिमी सम्भ्रान्तहरू’ लाई विश्वभर द्वन्द्व फैलाएको उहाँले आरोप लगाउनुभएको छ ।
उहाँले भन्नुभयो,-'रुसले विश्वव्यापी द्वन्द्व रोक्न सबै कुरा गर्नेछ । तर यहि समयमा हामीलाई धम्की दिन कसैलाई पनि अनुमति दिनेछैनौं । हाम्रा रणनीतिक शक्तिहरू सधैं सतर्क छन् । विजय दिवस परेडलाई सम्बोधन गर्दै उहाँले प्रिय साथीहरू, रुस अहिले कठिन र निर्णायक अवधिबाट गुज्रिरहेको छ । मातृभूमिको भाग्य यसको भविष्य हामी प्रत्येकमा निर्भर गर्दछ ।'
मे ९ तारिखको परेड दोस्रो विश्वयुद्धमा सोभियत संघमा नाजी जर्मनीको हारको प्रतिक भएको र राष्ट्रपति पुटिनले मुलुकलाई युद्धस्तरमा बलियोसँग अगाडि बढाएकाले बिहीबार सबै भन्दा महत्वपूर्ण सार्वजनिक बिदा भएको छ ।
राष्ट्रपति पुटिनले बारम्बार युक्रेनविरुद्धको हालको लडाईलाई ‘नाजीवाद’ विरुद्ध अस्तित्वको लडाईका रूपमा प्रस्तुत गर्नुभएको हो । उहाँले यसै हप्ताको शुरुमा रुसी सेनालाई युक्रेन नजिकै रहेको नौसेना र सैनिकहरू सम्मिलित आणविक हतियार अभ्यासन गर्न समेत आदेश दिनुभएको छ ।