बबईमा नदीमा डुबेर एकै घरका दाजु र भाइको मृत्यु
काठमाडौं । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका २ दाजु-भाइको मृत्यु भएको छ ।
बबईमा पौडी खेल्ने क्रममा मंगलबार बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर २ दाजु-भाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।
दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारतमा बस्ने गरेका छन् ।