भारतमा लोकसभाको पाँचौ चरणको चुनावमा ८ राज्यका ४९ सिटका लागि आज मतदान हुँदै
एजेन्सी । भारतमा ७ चरणमा हुन लागेको लोकसभाको पाँचौ चरणको चुनावमा सोमबार मतदान हुँदैछ।
४ चरणको चुनाव सम्पन्न भएको भारतमा सोमबार पाँचौ चरणचरणको चुनावमा सोमबार ८ राज्यका ४९ सिटका लागि मतदान हुन लागेको हो। छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मु-कश्मिर र लद्दाखका ४९ सिटका लागि पाँचौ चरणको मतदान हुन लागेको हो। ४९ सिटका लागि ९४ हजार ७ सय ३२ मतदान केन्द्र तोकिएको छ।
पाँचौ चरणमा सोमबार महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका ७, बिहार, ओडिशाका ५–५, झारखण्डका ३, जम्मु–कश्मिर र लद्दाखमा एक-एक सिटमा गरेर ४९ सिटमा मतदान हुन लागेको हो। पाँचौ चरणको चुनावमा ४ करोड २६ लाख महिला र ५ हजार ४ सय ९ तेस्रो लिंगीसहित कुल ८ करोड ९५ लाखले मतदाताले मतदान गर्दैछन्।
यसअघि भारतमा पहिलो चरणमा २१ राज्यका १ सय २ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४ र चौथो चरणमा १० राज्यका ९६ सिटका लागि मतदान सम्पन्न भइसकेको छ। गत अप्रिल १९, २६, मे ७ र १३ तारिखमा गरेर भारतमा यसअघि ४ चरणको चुनाव सकिएको हो।
छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुने भएको छ। छैठौं चरणमा बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटमा मतदान हुन लागेको हो। अन्तिम तथा सातौं चरणको मतदान आगामी जुन १ तारिखमा हुने भएको छ। बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल र चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुने भएको हो ।
पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणनाको काम शुरु हुने भातरकोे निर्वाचन आयोगले जनाएको छ।