एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिट ब्यूरो बैठक आज बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आइतबार पनि बस्ने भएको छ ।
शनिबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्न बाँकी रहेकाले बैठक आइतबार पनि बस्ने भएको हो । सोही आइतबार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टीले जनाएको छ ।
पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शनिबारको बैठकमा पार्टी अध्यक्ष माधव नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति लगायतका विषयमा धारणा राख्नुभएको बताउनुभयो। त्यस्तै, महासचिव घनश्याम भुसालले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीसहितका एजेण्डाको बारेमा जानकारी गराउनुभएको थियो ।
यसैबीच, स्थायी कमिटी बैठक सम्मपन्न भएपछि आइतबार साँझ नै पोलिट ब्यूरो बैठक पनि बस्ने भएको प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभएको छ ।