एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीको बैठक शनिबार बिहान बस्ने भएको छ ।
सोही बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार बिहान ११ बजे बस्ने भएको हो । बैठकमा पार्टीको आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम र सरकारको काम कारबाहीको बारेमा छलफल हुने भएएको छ ।
एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको हो । महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालबीच अध्यक्ष पदका लागि भिडन्त हुने सम्भावना देखिएको छ ।