गृहमन्त्री लामिछानेमाथि कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो: प्रमुख सचेतक बर्तौला
काठमाडौं । नेकपा एकालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिन समिति नभई सरकार मागेको आरोप लगाउनुभएको छ।
शुक्रबार बजेट अधिवेशनको पहिलो दिन कांग्रेसले संसद अवरोध अवरोध गरेपछि संचालन हुन नसकेको हो । त्यसपछि प्रमुख सचेतक बर्तौलाले कांग्रेसले छानबिन समिति मागेको नभएर यसको कारण देखाएर सरकार मागेको र एमाले अहिले सरकार कांग्रेसलाई दिन नसक्ने बताउनुभएको छ ।
उहाँले जेठ १ गतेदेखि संसद बिनाअवरोध शुरु हुने समेत बताउनुभयो । यदि त्यसपछि पनि कांग्रेसले अवरोध गरे विकल्पहरू पनि भएको उहाँले दावी गर्नुभएको छ ।
विकल्प भनेको अध्यादेशबाट बजेट ल्याउने हो भन्ने संचाकर्मीको प्रश्नमा उहाँले भन्नुभयो,-‘मिलाएर जाने प्रयास रहन्छ । बिनातुक अवरोध भने केही त होला नि । अध्यादेशको बाटो कांग्रेस जस्तो लोकतान्त्रिक दलले दिंदैन भन्ने लाग्छ ।’