प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आज भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार दिउँसो भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा करिब २ घण्टा भेटवार्ता भएको हो । भेटवार्तापछि बिहीबार संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताउनुभयो ।
संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको बताउदै उहाँले छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो,-‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो । संसदको मामिला हो । प्रधानमन्त्री दाहालसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बिहान ११ः४० बजे पुग्नुभएका अध्यक्ष ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिनुभएको हो।