प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदबीच घम्साघम्सी
काठमाडौं । प्रतिनिधि सभाको बिहीबार साँझ बसेको बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेको छ ।
सोही अवरोधकाबीच कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी समेत भएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था सिर्जना भएको हो ।
ओली र गुरुङबीच हात हालाहालको अवस्था आएपछि अरु सांसदहरूले रोकेका थिए । गुरुङ ओलीतिर अघि बढेपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलासहितले हस्तक्षेप गरेका हुन् ।
एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति गुरुङबीच भनाभन भएपछि सांसदहरूबीच हात हालाहालको अवस्था समेत सिर्जना भएपछि सभामुख देवराज घिमिरेले संसद बैठक नै शुक्रबारसम्मका लागि स्थगित गर्नुभएको छ ।