राजनीतिक अस्थिरताले देशको समृद्धिका लागि सोचे अनुसारको काम हुनसकेन: अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचे अनुसार काम नभएको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले साँचो समृद्धिको बाटो अझै सहज नरहेको दावी गर्नुभयो । राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतीहरुको सामाना गर्नुपरेको उल्लेख गर्दै अस्थिरताका कारण सोचे अनुरुपको विकास हुन नसकेको उहाँको तर्क छ ।
दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्वपूर्ण भूमिका रहेको पनि उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश रहेको पनि बताउनुभएको छ ।
अध्यक्ष दाहालले अनुभव, अन्तरदृष्टि, उत्कृष्ट अभ्यासलाई साझा, सामुहिक गरेर मात्रै समुन्नत र समतामुलक नेपाल निर्माण गर्न सकिने बताउनुभयो ।