कांग्रेसलाई भोलिदेखि संसदमा बोल्न नदिने एमाले अध्यक्ष ओलीको चेतावनी
काठमाडौं। सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बिहीबारदेखि संसदमा बोल्न नदिने चेतावनी दिनुभएको छ।
बुधबार बसेको संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले संसदको महत्वपूर्ण समय कांग्रेसको लहडबाजीमा खेर फाल्न नहुने भन्दै बिहीबारदेखि संसद निरन्तर सुचारु हुनुपर्ने बताउनुभएको हो। अध्यक्ष ओलीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै उहाँमाथि आरोप लागेपछि सदनमा बोल्न पाउनुपर्ने दावी गर्नुभएको छ ।
उहाँले भन्नुभयो,-'कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने ? बिहीबारबाट हामी पनि बोल्ने हो । कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने ? कांग्रेसलाई अब बोल्न दिइँदैन । पहिले गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्यो । होइन भने हामी बोल्छौं ।’