चीनमा विद्युत उत्पादनको क्षमता १४ दशमलव १ प्रतिशतले वृद्धि
एजेन्सी । चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता गत अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ ।
१ वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्यांकले देखाएको हो । वायु उर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु उर्जा लगभग ४ करोड ६० लाख किलोवाट (२०.६ प्रतिशत) र सौर्य ६ करोड ७० लाख किलोवाट (५२.४ प्रतिशत) पुगेको छ ।
गत जनवरीदेखि अप्रिलसम्म चीनमा प्रमुख उर्जा उत्पादन उद्यमहरूले कुल १९१.२ अर्ब युआन (करिब २६.८९ अर्ब अमेरिकी डलर) को उर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए । १ वर्ष पहिले लगानीमा ५.२ प्रतिशतले वृद्धि भएको थियो ।
विद्युत ग्रीड परियोजनाहरूमा चीनको लगानी ४ महिनाको अवधिमा १२२.९ अर्ब युआन थियो । यस वर्षको सोही अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको हो ।