सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री बन्दै
गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेमुख्यमन्त्रीमा नियुक्त हुँदै छन् ।
सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै उनी आज मुख्यमन्त्री बन्न लागेका हुन्।
मुख्यमन्त्री खगराज अधिकारीले संविधानसम्मत रूपमा विश्वासको मत नपाएको भन्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही फैसलाअनुसार पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
सर्वोच्चको फैसला गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगेपछि पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।