मकवानपुरमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु, पाँच घाइते
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस बिहीबार बिहान करिब ६ः१० बजे भीमफेदी–कुलेखानी सडकखण्डबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
प्रारम्भिक विवरणअनुसार माइक्रोबसमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन्।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उद्धारमा खटिएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।