अमेरिकामा आँधीका कारण १५ जनाको मृत्यु, १०० बढी घाइते
एजेन्सी । अमेरिकामा तीव्र गतिमा आएको आँधीका कारण १५ जनाको मृत्यु भएको छ ।
आँधीका कारण आइतबार सयौं घरहरु ध्वस्त भएको र विद्युत आपूर्ति समेत बन्द भएको हो । अमेरिकाको टेक्सासमा ७, अर्कान्सासमा ५, ओक्लाहोमामा २ र केन्टकीमा १ जना गरी १५ जनाको मृत्यु भएको हो । सबै राज्यमा गरी १ सय जना भन्दा बढी घाइते भएका छन् ।
घरका छानाहरु उडाउनुका सयौं सवारी साधनहरु पनि नष्ट भएका हुन् । घरका भग्नावशेष र सवारी साधनमा फसेकाहरुको उद्धारको कार्य जारी रहेको छ । काउन्टीका विभिन्न क्षेत्रमा रहेको पेट्रोल स्टेशन पूर्णरुपमा ध्वस्त भएका हुन् । अमेरिकाका विभिन्न राज्यका १० औं हजार मानिस विद्युतविहीन अवस्थामा पुग्दा जनजीवन प्रभावित भएको छ ।
यसैबीच अमेरिकाको इन्डियानापोलिसमा आयोजना गरिएको दौड प्रतियोगिता हेर्न पुगेका मानिसहरु समेत भारी वर्षा र चट्याङ आएपछि अलपत्र परेको जनाइएको छ ।