नेताका घर र सिंहदरबार लगायतका स्थानको फोहोर नउठाउने मेयर साहको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले फोहोर बोक्ने ट्रकका ४ जना चालकलाई प्रहरीले समातेको भन्दै सिंहदरबार लगायतका स्थानको फोहोर नउठाउने चेतावनी दिनुभएको छ ।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै मेयर साहले चालकहरुलाई नछाडेसम्म सिंहदरबार, राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठाउने घोषणा गर्नुभएको हो ।
भ्रष्टहरुलाई समात्न नसक्नेले महानगरपालिकाका चालकहरु समातेको बताउदै आक्रोशित हुनुभएका उहाँले को को जुध्न आउने हो आए हुन्छ र कसैलाई बाँकी नछोड्ने दावी गर्नुभएको छ ।