रास्वपाको सचिवालय बैठकमा आज इलाम-२ को उपनिर्वाचनको बारेमा समीक्षा गरिंदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुक्रबार दिउँसो बस्ने भएको छ।
पार्टी कार्यालय वनस्थलीमा शुक्रबार दिउँसो साढे ४ बजे बैठक बस्ने भएको हो । सोही बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने भएको छ। यहि वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत समेत जफत भएको थियो।
शुक्रबारको बैठकमा संसदको वर्षे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाको बारेमा छलफल हुने रास्वपाले जनाएको छ।