एमाले अध्यक्ष ओली भन्छन्: 'कांग्रेसले असभ्य व्यवहार देखायो, संसद भिडन्त गर्ने ठाउँ होइन'
काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको संसद बैठकमा विपक्षी दल नेपाली कांग्रेसले असभ्य व्यवहार देखाएको बताउनुभएको छ ।
शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । संसद भिडन्त गर्ने ठाउँ नभएको पनि उहाँले उल्लेख गर्नुभएको छ । कांग्रेसले संसदमा उत्ताउलोपन देखाएको पनि उहाँले बताउनुभयो ।
आफू बसेको ठाँउमा कांग्रेस सांसदहरू आएर अनेक अपशब्दहरु बोलेको र असभ्य व्यवहार देखाएको उहाँको भनाइ थियो । सरकारबाट हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसदहरू आक्रोशित भएर खनिएको हुनसक्ने टिप्पणी अध्यक्ष ओलीले गर्नुभएको छ ।