कांग्रेसको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बिहान बस्ने भएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक शुक्रबार बिहान साढे ८ बजे बस्ने भएको हो। सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसदमा विरोध जनाएको थियो।
आज (शुक्रबार) देखि शुरु हुने संसदको वर्षे अधिवेशमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ। हिजो (बिहीबार) बस्ने भनिएको बैठक स्थगित गरिएको थियो।
पूर्वमन्त्री समेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित भएको हो।