भारतको बिहारका पूर्व-उपमुख्यमन्त्री सुशील मोदीको निधन
एजेन्सी । भारतको बिहार राज्यका पूर्व-उपमुख्यमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ।
७२ वर्षीय मोदी पछिल्लो समय क्यान्सरसँग लडिरहेका थिए। बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले मंगलबार सामाजित संजाल ट्वीटर (एक्स)मा उनलाई श्रद्धाञ्जली दिएका छन्। केही दिन अगाडि मात्र मोदीले ट्वीटर गर्दै आफू क्यान्सरसँग ६ महिनादेखि लडिरहेकाले लोकसभा चुनावका लागि धेरै काम गर्न नसक्ने बताएका थिए।
सन् १९७१ बाट विद्यार्थी राजनीति हुँदै मोदी भारतको राजनीतिमा प्रवेश गरेका हुन् । सन् २०१७ मोदी बिहारको उपमुख्यमन्त्री बनेका थिए।