परराष्ट्र मन्त्रालयकी सचिव लम्साल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
एजेन्सी । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुभएको छ ।
मंगलबार भएको भेटका क्रममा नेपाल र राष्ट्रसंघकोबीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना र राष्ट्रसंघले नेपालको विकासमा खेलेको भूमिका लगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित स्थायी नियोगले जनाएको हो।
भेटका क्रममा उनीहरुबीच जलवायु परिवर्तन लगायतका बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ । सचिव लम्साल वरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन त्यहाँ जानुभएको हो
सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको छ ।