इलाम-२ उपनिर्वाचन अपडेट: एमालेका उम्मेदवार सुहाङले अग्रता बढाउँदै, कांग्रेसका खड्काले पछ्याउँदै
काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा सदस्य चयनका लागि शनिबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना सोमबार पनि जारी रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुभएको हो । उहाँले ७ हजार ६ सय ७७ मतका साथ अग्रता कायमै राख्नुभएको छ ।
एमालेका सुहाङलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहनुभएको हो। कांग्रेसका खड्काले ५ हजार ३ सय ९५ मत प्राप्त गर्नुभएको छ । एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर २ हजार २ सय ८२ रहेको छ ।
तेस्रो स्थानमा रहनुभएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ५८ मत प्राप्त गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार १ सय ६२ मत प्राप्त गर्नुभएको छ ।
इलामको फाकफोकथुम र चुलाचुली १,२,३ को मत गणना सकिंदा एमालेले अग्रता बढाउँदै गएको हो ।