गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज ३ सदस्यीय मन्त्रिपरिषद गठन गर्दै
काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनु भएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । अधिकारीले एमाले, नेकपा माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको छ ।
उहाले सभामुखसहितको मतलाई जोडेर पेश गरेको दावीलाई प्रदेश प्रमुख भट्टले स्वीकार गर्दै मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । यस अघि कोशी प्रदेश सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्च अदालतले सोही सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।