इलाम-२ मा एमालेका उम्मेदवार सुहाङलाई ६ हजार ६०६ मतको फराकिलो अग्रता, कांग्रेसका खड्का पछाडी धकेलिंदै
काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा सदस्य चयनका लागि शनिबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना सोमबार पनि जारी रहेको छ ।
इलाम-२ को उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको हो । सोही क्षेत्रमा पर्ने ४२ मध्ये ३२ वडाको मतगणना भइसकेको छ । अब १० वडाको मतगणना हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ६ हजार ६ सय ६ मतको फराकिलो अग्रता बनाउनुभएको छ ।
सुहाङले २० हजार ५ सय ९६ मत प्राप्त गर्दा उहाँलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ताजा अवस्थामा १३ हजार ९ सय ९० मत प्राप्त गर्नुभएको हो । उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ६ सय ५९ मत प्राप्त गर्नुभएको छ ।
रास्वपा उम्मेदवार मिलन लिम्बुले ३ हजार ३ सय २३ मत प्राप्त गरेर चौथो स्थानमा रहनुभएको हो । अब १८ हजार ४ सय ३२ मत गन्न बाँकी रहेको छ । शनिबार सम्पन्न भएको मतदानमा इलाम-२ मा ६६ हजार मत खसेको थियो ।
इलाम–२ उपनिर्वाचन अपडेट:
सूर्य :२०,५९६
रुख : १३,९९०
मूढा : ९,६५९
घण्टी :३,३२३
इलाम नगरपालिका १ को अन्तिम परिणाम:
रुख :८००
सूर्य :८९९
मुढा : १४५
घण्टी:१२७