हातहतियार अभावका कारण युक्रेनको अग्रपंक्तिमा रहेका सैनिकको अवस्था नाजुक हुँदै
एजेन्सी । रुसी सेनाको आक्रमणको सामना गर्ने क्रममा अग्रपंक्तिमा रहेका युक्रेनी सेनाको स्थिति नाजुक भएर गएको छ ।
युक्रेनका कमाण्डर इन चीफ अलेक्जेण्डर सिस्र्कीले हातहतियार अभावका कारण युक्रेनको डोनेट्स्क क्षेत्रबाट युक्रेनी सेना फिर्ता भएको बताउदै पछिल्लो समय रुसी सेनासँग डटेर लड्ने क्षमतामा कमजार हुँदै आएको बताएका हुन् । वषौंदेखिको युद्धकाबीच युक्रेन पछिल्लो समय हतियार अभावका कारण जताजतै रुससँग पराजित हुँदै आएको छ ।
सैन्य उपकरण अभावकाबीच अमेरिकाले युक्रेनलाई दिने भनेको सैन्य सहयोग अगावै रुसी सेनाको पकड बलियो हुँदै गएको उनको भनाइ थियो । अमेरिकाले गत हप्ता युक्रेनलाई ६१ अर्ब डलर बराबरको सैन्य सामग्री उपलब्ध गराउने सहमति गरेको थियो ।
यद्यपि नयाँ हातहतियारको अभावमा अग्रपंक्तिमा रहेका युक्रेनी सेना महिनौंदेखि गोलाबारुद र हवाई सुरक्षाको अभावमा संघर्ष गरिरहेका छन् ।यसैबीच रुसले युक्रेनको उत्तरी क्षेत्रमा रहेको नोवोबाख्मुटिभको गाउँ कब्जा गरेको छ ।
लामो समयको संघर्षपछि रुसी सेनाले उक्त गाउँमाथि कब्जा गर्न सफल भएको रुसी रक्षा मन्त्रालयले जनाएको हो ।