प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्न सम्बन्धित निकायलाई गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश-निर्देश कुर्दा उद्धार लगायतका काममा ढिलाइ हुने र क्षति पनि धेरै हुन सक्ने भएकाले केन्द्रको निर्देशक कुरेर नबस्न उहाँले निर्देशन दिनुभएको छ ।
घटना भइसकेपछि तत्काल राहत वितरणको विषयमा आफूले यसअघि नै आवश्यक निर्देशन दिइसकेको भन्दै कुनै पनि प्रशासनले तत्काल दिने राहतमा ढिलाइ नगर्न समेत उहाँले आग्रह समेत गर्नुभयो। आपतको समयमा २–४ सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थामा सरकार नरहेको र पर्याप्त स्रोत परिचालन गरेको उहाँले बताउनुभएको छ ।
प्राकृतिक प्रकोप जोखिम न्यूनिकरण निम्ति यसअघि भएका गल्तिलाई नदोहोर्याउने गरी आवश्यक तयारी गर्न जरुरी रहेको गृहमन्त्री लामिछानेको भनाइ थियो।