संघीय संसदका ३ वटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका ३ वटा संसदीय समितिको बैठक मंगलबार बस्ने भएका छन् ।
जसअनुसार मंगलबार दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो । बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानून, उनीहरुका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम र ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्थाको बारेमा छलफल हुने भएको छ ।
त्यस्तै, मंगलबार मध्याह्न साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकमाथि छलफल हुने भएको हो। त्यसैगरी मंगलबार मध्याह्न साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।