नेकपा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल नेतृवको सरकारको स्थायित्वको बारेमा चलाइएका हल्ला निराधार रहेको बताउनुभएको छ।
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल नेतृवको सरकारको स्थायित्वको बारेमा चलाइएका हल्ला निराधार रहेको बताउनुभएको छ।
बुधबार साँझ अर्थमन्त्री वर्षमान पुनसँग आगामी बजेटका बारेमा भएको छलफल कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता चाहनेहरुले फैलाएको हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्री पुनलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको उहाँको भनाइ थियो ।
हल्लाहरुको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्री पुनलाई उहाँले सुझाव दिनुभएको हो । संसदमा कुनै दलको एकल बहुमत नहरेको बताउदै कसैले चाहँदैमा सरकार नढल्ने उहाँको तर्क छ ।
‘उहाँले भन्नुभयो,-'सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसहरुले हल्ला चलाएर दवाव सिर्जना गर्ने प्रवृत्ति विगतदेखिकै हो । संसदमा कसैको पनि एकल बहुमत छैन । यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ । त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिन । ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ ।