बझाङ-१ उपनिर्वाचन अपडेट: कांग्रेसका उम्मेदवार सिंहले मत बढाउँदै, एमालेका भण्डारी १५१ मतले पछाडि
काठमाडौं । बझाङ-१ को प्रदेशसभा सदस्य चयनका लागि शनिबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना सोमबार पनि जारी रहेको छ । नेकपा एमालेले ६ सय ७७ मतको अन्तर कायम राखेको छ ।
आइतबार रातिसम्म निरन्तर अग्रता लिएको नेकपा एमालेलाई नेपाली कांग्रेसले सोमबार बिहान १ सय ५१ मतले पछाडि पारेको हो । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका अविषेक सिंहले ६ हजार ८ सय ५३ मत प्राप्त गर्नुभएको छ ।
एमालेका उम्मदेवार दमन भण्डारीले ६ हजार ७ सय २ मत प्राप्त गर्नुभएको हो । पहिलो पटक कांग्रेसले एमालेको अग्रतालाई तोडेको छ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बुढा २ हजार ८ सय २२ मतसहित तेस्रो र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार ९१ मतसहित चौथो स्थानमा रहेका हुन् ।