एमाले अध्यक्ष केपी ओलीप्रति माधव नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी
काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रमक हुँदै जानुभएको छ ।
अध्यक्ष नेपालले त्यहीं झल्को समाजवादीको भातृसंगठन युवा संघ नेपालले गरेको नयाँ वर्षको शुभकामना आदान-प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा देखाउनुभएको हो । २०७४ सालको निर्वाचनमा पाएको मतका कारण नेताहरूमा घमण्ड बढ्दा २०७९ सालको निर्वाचनमा क्षति भोग्नु परेको उहाँको दावी रहेको छ ।
उहाँले २०७४ मा नेपाल कम्युनिस्ट पार्टीले प्राप्त गरेको मतको सदुपयोग हुन नसकेको गुनासो समेत गर्नुभयो। सोही सम्बोधनका क्रममा उहाँले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै २०७४ सालको जनमत खेर फ्याँकेको आरोप लगाउनुभएको हो ।
उहाँले भन्नुभयो,- '२०७४ सालमा जनताले हामीलाई झण्डै दुई तिहाइ बहुमत दिए । त्यसलाई सदुपयोग गर्न सकेको भए २०७९ को सालमा हामीलाई सजिलो हुन्थ्यो । त्यसबेला हामीले शक्तिको सदुपयोग गर्नुपर्थ्यो । त्यो हुन सकेन । नेताहरूको दिमागमा घमण्ड सवार भको थियो ।’